सयौं दुःख शीरमाथि बोकी हिँड्नेलाई
के को दुःख तिमीसित बिछोडिनुलाई
यति होला जीवनभरि मैले रूनु पर्ला
आउला दिन भन्दाभन्दै माटो हुनु पर्ला
अचानुले खुकुरीको धार सहनुलाई
के को दुःख तिमीसित बिछोडिनुलाई
बल्दो आगो तिमीलाई हजार हात होला
यति ठूलो संसारमा मेरो कोही न होला
एक्लै जन्मेँ एक्लै हुर्केँ एक्लै जिउनुलाई
के को दुःख तिमीसित बिछोडिनुलाई