सोध्ने आँट छैन, कित गरुङ्ग त्यो क्रूस, तपाईंले बोक्नुभयो
वा कलबारीको बाटो, धमर्राउँदै कति चोटी लड्नुयो
त्यो डाँडाको चर्को घाममा, एउटै कुरो माग्नुभयो
सारै तिर्खा लाग्यो! थोरै पानी देउ न
सारै तिर्खा लाग्यो! थोरै पानी देउ न
आफ्नो सब पराया भए, साथीसंगी टाढा गए
संगै साथै हिड्नेहरू तपाईलाई निचन्ने भए
आफ्नो सब पराया भए, साथीसंगी टाढा गए
संगै साथै हिड्नेहरू तपाईलाई निचन्ने भए
जुन हातलाई रोटी दियौ, त्यै हातले ढुंगा हाने
जुन हातलाई रोटी दियौ, त्यै हातले ढुंगा हाने
र पनि भन्न छोडेनौ, माफै भो साथी तिमीलाई
मुख खोली बाचाँ तोडेनौं, मायाले हेरेऊ मलाई
झुक्दैछ यो शिर त्यो क्रुसको अघि, बग्दैछ हेर रगतको नदि
झुक्दैछ यो शिर त्यो क्रुसको अघि, बग्दैछ हेर रगतको नदि
पृथ्वी र स्वर्ग थकार्उदै चर्को आवाज गुञ्जीयो
पिता हेर्नु हवस् सबै पूरा भयो, मैले जितेको छु, मृत्यू हारी गयो
पिता हेर्नु हवस् सबै पूरा भयो, मैले जितेको छु, मृत्यू हारी गयो