जाने भए जाउ
बस भन्दिन म ।
बस्छौ भने माया
तिमीलाई कहिले म छोड्ने छैन ।
पायौ भने अरु
तिमीलाई म कहिले रोक्दिन ।
छान्छौ भने मलाई सधैंलाई
सधैं तिम्रै नै हुन्छु म ।
यो ताराको माझमा सधैँ
यो जुनेली रातमा अझै
बाँधिनु मन छ तिम्रै
अंगालोमा ।
तारा तिम्रो आँखा
बाँधेर राख्न ।
माया मेरो साथ
कहिले नछाडन ।
तिम्रो त्यो ओठलाई
भिजाइ राख्न देउ।
जुन मेरी मुना
साँचेर राखन ।
माया गर्दिन म
भनि नढाटन ।
तिम्रो त्यो ओठलाई
भिजाइ राख्न देउ।
तिमीलाई भनु म सबै कसरी?
मनका वेदना, व्यथाहरू अझै
पनि मनमै गुम्सी बसेका छन्।
जान्छौ र?
माया छोडी
दिलै तोडी
आफ्नै खुसी भनेर
यो ताराको माझमा सधैँ
यो जुनेली रातमा अझै
बाँधिनु मन छ तिम्रै
अंगालोमा ।
तारा तिम्रो आँखा
बाँधेर राख्न ।
माया मेरो साथ
कहिले नछाडन ।
तिम्रो त्यो ओठलाई
भिजाइ राख्न देउ।
जुन मेरी मुना
साँचेर राखन ।
माया गर्दिन म
भनि नढाटन ।
तिम्रो त्यो ओठलाई
भिजाइ राख्न देउ।