भुइँकुहिरो उड्न थाल्यो
भुइँकुहिरो उड्न थाल्यो गाउँबस्ती ढाकेर
कालो बादल डुल्न थाल्यो नीलो आकाश छेकेर
उड्दैछन् दिशाहीन भइ रङ्गी-चङ्गी प्वाँखहरु
सृजनाको आशभित्र तुवालोका छापहरु
बसन्तको बागभित्र हुण्डरीले कुल्चिदिन्छ
ओइलाउँछन् फूलहरु व्यथा कसले बुझिदिन्छ
प्रकृतिले आफ्नै घरमा भूकम्पको खेती लाउँछ
तर पनि सगरमाथा दृढ भइ उभिइरहन्छ