हसिलो हिउँचुली, शान नेपालको
अनेकौं छन् गाथा, तराई पहाडको
हसिलो हिउँचुली
भाग्यमानी लाग्छ आफु, नेपाली भन् न पाउँदा
पुर्खेली सम्झिदा नी लगनशिलता बासना आउछ
उजेलो भविष्य, यी बर्तामानका वीरले गर्दा
कला, संगित र प्रतिभाले पूर्ण कर्णधार
मेरो नेपाल, कति प्यारो
मातृभूमि मुटु भित्र, हिउचुली उज्यालो
सुन्दरता र साहसीको प्रतीक हाम्रो रातो
झण्डा, बोकी सिरुपाते चिरछु म अध्यारो
धिमेको तालमा, बज्छ सारङ्गी
इन्द्रेणी झैँ नेपाली, रङ्गी बिरङ्गी
हिमाल झैँ शीर छ, छाती पहाड झैँ
मैदान झैँ मन छ, खुल्ला आकाश झैँ
नेपाली हावा जसो न्यानो अरु के नै छ र
नेपाली माया जस्तो चोखो अरु के नै छ र
आध्यामिक सम्बन्धको हिमाल पहाड तरैई संग
रमाइलो लाग्छ मलाइ नाच्न नाङ्गो पाईला यहाँ
स्वर्गको प्रतिबिम्ब जस्तो हाम्रो प्रकृति छ
नेपाली भुमिलाई त अप्सरा नी मरीमेट्छ
अंगालो भरि सँगालेछु मैले मेरो देश
जहाँ गए नी मेरो मुटु को नेपाली भेष
ओठैको यो मुस्कान, चिनो नेपालको
सफलताको कथा, तराई पहाडको
ओठैको यो मुस्कान
डम्फूको तालमा, मादल ढोलकी
कानैमा यार्लिङ, नाकमा बुलाकी
पहिरन यो फेरिएला, मन त फेरिन्न
यही मनभित्र बसेको, नेपाल केरिन्न, नेपाल केरिन्न
मेरो ज्यान मेरो ध्यान, मेरै नेपाल यो
स्वर्ग झै चम्किलो मेरै नेपाल हो
मेरो यो नेपाल हो